देशबागमती प्रदेशबागमती प्रदेशमा मन्त्रालय भन्दा मन्त्री बढी

बागमती प्रदेशमा मन्त्रालय भन्दा मन्त्री बढी

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बिहीबार गरेको मन्त्रिपरिषद् विस्तारलेसँगै प्रदेशमा मन्त्रालय भन्दा मन्त्रीको संख्या बढी भएको छ । नियुक्तिसँगै प्रदेशमा मन्त्रीको संख्या १४ पुगेको छ, जबकि मन्त्रालयको संख्या १३ मात्र रहेको छ।

मुख्यमन्त्री लामाले कांग्रेसबाट चार नयाँ मन्त्री थपेका छन्। नवनियुक्त मन्त्रीहरूमा प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), सुरजचन्द्र लामिछाने (आन्तरिक मामिला तथा कानुन), मीनकृष्ण महर्जन (युवा तथा खेलकुद) र बिमल ठकुरी (संस्कृति पर्यटन तथा सहकारी) रहेका छन्।

यसअघि बुधबार नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। तर, सोही दिन मन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठको जिम्मेवारी भने अझै तोकिएको छैन।

एमालेबाट पहिले नै नियुक्त भएका मन्त्रीहरूमा प्रकाश श्रेष्ठ (कृषि), अमनकुमार मास्के (भौतिक पूर्वाधार), किरण थापा मगर (स्वास्थ्य), कृष्णप्रसाद सिलवाल (वन), प्रेमभक्त महर्जन (श्रम रोजगार) र शुकमाया तामाङ (उद्योग) रहेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नवनियुक्त मन्त्रीहरूलाई छिट्टै सपथ गराउने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img