कोशी | नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८० पुस ११ गतेदेखि नै राजनीतिक दाउपेच सुरु गरेको आरोप लगाएका छन्।
आइतबार इटहरीमा आयोजित एमालेको तीन महिने ‘जरा केन्द्रित अभियान’ अभिमुखीकरण कार्यक्रममा जिल्लाभरका १,२०० भन्दा बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै ज्ञवालीले एमालेले देशको रक्षाका लागि राजनीतिक हस्तक्षेप गर्नु परेको बताएका छन्।
ज्ञवालीका अनुसार पुरानै गठबन्धनले १४ महिना काम गरे पनि युवाहरू निराश भएको, सुन तस्करी बढेको र व्यवस्था विरोधीहरूलाई बोल्ने वातावरण दिइएको कारण एमालेले हस्तक्षेप गर्नु परेको हो।
“हामीले कुनै शर्तबिना ब्ल्याङ्क चेकमा हस्ताक्षर गरेर प्रचण्डलाई प्रधानमन्त्री बनायौं। तर, उनले कहिले कांग्रेस, कहिले एमालेलाई प्रयोग गरेर पाँच वर्ष सरकार चलाउने षड्यन्त्र गरे। त्यसैले एमालेले देशको राजनीतिक स्थायित्वका लागि हस्तक्षेप गर्नुपर्यो,” ज्ञवालीले भने।
ज्ञवालीका अनुसार एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ। “२०६४ को चुनाव अपवाद बाहेक, एमाले र कांग्रेस सधैं पहिलो-दोस्रो दलको रूपमा आएका छन्। दुवै मिलेर राणा विरोधी आन्दोलन, २०४६ को परिवर्तन र २०६२/६३ को गणतान्त्रिक आन्दोलन सफल बनाएका थियौं। अहिले पनि देशको स्थायित्वका लागि सहकार्य आवश्यक छ।”
उनले माओवादी अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता पासाङ शेर्पा र अमिक शेरचनलाई राष्ट्रपति बनाउन एमालेको प्रस्ताव अस्वीकार गरेको उल्लेख गरे।न? तल कमेन्ट गर्नुहोस्!