देशबागमती प्रदेश‘नो हेलमेट, नो फ्युल’ अभियान कडाइका साथ कार्यान्वयन गर्न मुख्यमन्त्री बानियाँको निर्देशन

‘नो हेलमेट, नो फ्युल’ अभियान कडाइका साथ कार्यान्वयन गर्न मुख्यमन्त्री बानियाँको निर्देशन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘नो हेलमेट, नो फ्युल’ अभियानलाई कडाइका साथ लागू गर्न निर्देशन दिएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले हेलमेट प्रयोग नगर्ने मोटरसाइकल तथा स्कुटर चालकलाई पेट्रोल–डिजेल नदिन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । यसका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेश समितिलाई पत्राचार गरिने उनले जानकारी दिए ।

मुख्यमन्त्री बानियाँले एसोसिएसनका सदस्य पेट्रोल पम्पहरूमा ‘नो हेलमेट, नो फ्युल’ सम्बन्धी सचेतनामूलक सन्देश–बोर्ड राख्न पनि निर्देशन दिएका छन् । अभियानको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उनले विभिन्न सुरक्षा निकाय र सरोकारवालासँग सहकार्यमा कडा कदम चाल्नुपर्नेमा जोड दिए ।

यससँगै, चालकले मादक पदार्थ (मा.प.से.) र लागू पदार्थ (ला.प.से.) सेवन गरेको/नगरेको जाँचलाई नियमित र कडा बनाउन, दुर्घटना घटाउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न सबै निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिइएको छ ।

कार्यक्रममा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका तर्फबाट बागमती प्रदेशभित्रका सवारी दुर्घटनाको अवस्था र त्यसका कारणबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img