राजनीतिवैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं , देशव्यापी जनआन्दोलन...

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं , देशव्यापी जनआन्दोलन सफल गरौं

सुनसरी : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा एमसीसी सम्झौता के हो भन्ने विषयमा एमसीसी परियोजना भनेको अमेरिका र उसका साझेदार देशका बहुराष्ट्रिय कम्पनीहरूलाई कमजोर मुलुकको प्राकृतिक स्रोत र बजार कब्जा गर्न अनुकूल वातावरण बनाउने परियोजनाहो भनेर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी धारणा रहेको छ ।

अमेरिकाले ४५ करोड ९० लाख डलर अनुदानका रूपमा विद्युत प्रसारण लाइन र सडकको स्तरउन्नती गर्न अनुदान दिने नाममा एमसीसी सम्झौता नेपालमाथि लादिएको छ । नेपालको हकमा यसले नेपालको जलविद्युत बहुराष्ट्रिय कम्पनीको हातमा लैजाने उद्देश्य बोकेको छ ।

बिक्रम संवत् २०७४ मा बनेको विद्युत नियमन आयोग एेन र संसदबाट पारित हुन बाँकि नेपाल विद्युत एेन त्यस दिशामा चलिरहेका कदमका ठोस प्रमाण हुन् ।

विद्युत वितरण निजि क्षेत्रलाई दिन लगातार काम पनि अघि बढाइएकै छ । यी सबै एमसीसीकै नीतिभित्रका क्षेत्र हुन । जसरी दूरसञ्चार क्षेत्रलाई टुक्राएर नेपाल टेलिकम नामक कम्पनी पनि र नेपाल दूरसञ्चार प्राविधिकरण बनाईएको छ । सुरज राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img