Friday, February 7, 2025
राजनीतिमतगणना सकियो : देउवाले पाए २७३३, बदर मत ३५

मतगणना सकियो : देउवाले पाए २७३३, बदर मत ३५

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।

मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह आइपुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरिरहेका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस