Tuesday, July 8, 2025
राजनीतिप्रधानमन्त्री शेरबहादुर देउवा आज धरान आउने

प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान आउने

spot_img

सुनसरी : प्रधानमन्त्री शेरबहादुर देउवा आज धरानमा बिहान १० बजे धरान आउने मेयर तिलक राईले जनाएका छन् । प्रधानमन्त्री देउवा आज हेलिकप्टर मार्फत धरान आउने भएका छन् ।

नेपाली काङ्ग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री देउवाले धरान उप-महानगरपालिका-२ स्थित नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यलय भवनको उद्घघाट गर्ने पहिलो कार्यक्रम तय भएको छ ।

-सूचना-

त्यस पछि धरान-६ पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम छ ।

बसपार्क अवलोकनपश्चात् प्रधानमन्त्री देउवाले धरान–१२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान–१२ स्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मेयर सचिवालयले जनाएका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img