विज्ञान/प्रविधिइन्टरनेटबाट यसरी चलाउनुहोस् टाढाको मोबाइल वा कम्प्युटर

इन्टरनेटबाट यसरी चलाउनुहोस् टाढाको मोबाइल वा कम्प्युटर

शिक्षा । पहिले भन्दा आजको समयमा प्रविधि निकै उन्नत भइसकेको छ । हुन त अरुले वर्षौँदेखि प्रयोग गर्दै आइरहेको प्राविधिक तौर तरिका तपाईँका लागि नितान्त नयाँ हुन सक्छ ।

आज हामी तपाईँलाई आफ्नो एन्ड्रोइड स्मार्टफोन वा ल्यापटपको सहयोगमा टाढा रहेको कम्प्युटर वा एन्ड्रोइड फोन कसरी चलाउन सकिन्छ भन्ने विषयमा बताउँदै छौँ । यो उपाय तपाईँका लागि त्यस्तो बेला बढी उपयोगी हुन सक्छ, जब प्राविधिक कठिनाइ आइपर्दा तपाईँले कसैसँग सरसहयोग लिनु दिनुपर्ने हुन्छ ।अर्को अर्थमा भन्नुपर्दा यो एपको प्रयोग त्यस्तो बेला गर्न सकिन्छ, जब तपाई आफ्नो कम्प्युटरमा आफ्नो स्मार्टफोनबाट रिमोट्ली एक्सेस गर्न चाहनुहुन्छ ।

कसरी गर्ने प्रयोग ? 

टिमभ्युअरले कुनै एउटा मोबाइल तथा कम्प्युटर डिभाइसमा इन्टरनेटको सहयोगमा  टाढाबाट पहुँच बनाउने सुविधा दिन्छ । यस बाहेक तपाईँले यस्तै किसिमको एनी डेस्क एप तथा सफ्टवेयरको सहयोग पनि लिन सक्नुहुन्छ ।

तर यहाँ हामी उदाहरणको रुपमा टिमभ्युअर प्रयोग गर्ने तरिकाको विषयमा बताउँदै छौँ । एक्सेस गर्ने डिभाइस (मोबाइल वा कम्प्युटर) मा टिमभ्युअर रिमोट कन्ट्रोल एप डाउनलोड गर्नुहोस् (एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस्)। त्यसैगरी अरुलाई एक्सेस दिने डिभाइसमा टिमभ्युअर क्विकसपोर्ट एप डाउनलोड गर्नुहोस् (यो एप डाउनलोड गर्न एन्ड्रोइडमा यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस्) ।

त्यसैगरी कम्प्युटरका लागि यहाँ क्लिक गरी एप डाउनलोड गर्नुहोस् । एप डाउनलोड गरिसकेपछि  आफ्नो डिभाइसमा पहुँच बनाउन दिन चाहनुहुन्छ भने क्विक सपोर्ट एपमा रहेको आफ्नो आईडी अर्को व्यक्तिलाई दिनुहोस् ।अथवा अर्काको डिभाइसमा एक्सेस बनाउँदै हुनुहुन्छ भने उक्त डिभाइसमा रहेको आईडी माग्नुहोस् र आफ्नो डिभाइसको एपमा राख्नुहोस् र रिमोट एक्सेस बटनमा दबाउनुहोस् । अनि एक्सेस दिने डिभाइसमा अलाउ गर्नुहोस् ।

यहाँनिर बिचार गर्नुहोस्, दुवै तर्फको डिभाइसमा एपले काम गर्न खुला हुनुपर्छ । अन्यथा कनेक्सन फेल हुने समस्या देखिन सक्छ । एकपटक कनेक्सन स्थापित भएपछि एपमा स्क्रिन मिररिङ एक्टिभ रहेको जानकारी देख्न सक्नुहुनेछ ।यति गरेपछि तपाईँको मोबाइलमा अर्को मोबाइलबाट एक्सेस गर्न सकिन्छ । यसमा तपाईँले यतिसम्म अनुभव गर्न सक्नुहुन्छ कि वास्तवमै अर्को ठाउँमा रहेको मोबाइल वा कम्प्युटर स्वयम् आफैँले चलाइरहेको जस्तो हुन्छ ।

तर यहाँनिर विचार गर्नुहोस्, यो प्रविधिको प्रयोग अर्को व्यक्तिको अनुमति वा जानकारीमा मात्रै उपयोग गर्नुहोस् । निजी प्रयोगका लागि टिमभ्युअर एप निःशुल्क रुपमा उपलब्ध छ । यो एपको प्रयोगमा तपाईँले फाइल शेयर गर्न पनि सक्नुहुन्छ ।

एप कत्तिको छ सुरक्षित ? 

यदि तपाईँ आफ्नो गोपनीयताको विषयलाई लिएर चिन्तित हुनुहुन्छ भने एकपटक यसरी आफ्नो डिभाइसमा एक्सेस दिएकै भरमा अर्को व्यक्तिले दोस्रो पटक त्यसैगरी एक्सेस गर्न सक्दैन । हरेक पटक कुनै अन्य डिभाइसलाई कन्ट्रोल गर्न गर्नका लागि रिक्वेस्ट पठाउनु र एसेप्ट गर्नुपर्ने हुन्छ ।

यदि अर्को व्यक्तिले रिक्वेस्ट एसेप्ट गरेन वा अनुमति दिएन भने तपाईँले उक्त डिभाइसमा एक्सेस बनाउन सक्नुहुन्न । अर्को कुरा कनेक्सन स्थापित भइसकेपछि स्क्रिनको तल एउटा सानो कन्ट्रोल प्यानल रहेको हुन्छ ।अर्को डिभाइसबाट यो सेवा प्रयोग गरी तपाईँको डिभाइसमा पहुँच बनाउने व्यक्तिले तपाईँको डिभाइसमाथि नजर राख्नुका साथै सबै कुरा पहुँचमा लिन सक्छ ।  कम्पनीले आफ्नो नीतिको बारेमा समेत स्पष्ट रुपमा उल्लेख गरेका छन् ।

यद्यपि यी कम्पनीले ब्याकग्राउन्डमा एप पूर्ण रुपमा चल्ने अवस्था नरहेको बताएको छ । यो सेवामा इन्ड टु इन्ड इन्क्रिप्सन समेत रहेको छ । यस्तोमा तपाईँको डिभाइसमा रहेको डेटा सुरक्षित हुने कुरामा विश्वस्त रहन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img