सुनसरी : सुनसरीको ईटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट १ जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा तेह्रथुम साब्ला-२ मा बस्ने ५४ बर्षीय बमबहादुर लिम्बु रहेका छन् ।
( हिजो )आइतबार साँझ ६ बजे ईटहरीबाट विराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृ´त्यु भएको थियो ।
दुर्घटनामा संलग्न बस र चालक झापाको चुलाचुलि गाउँपालिका-१ मा बस्ने २५ वर्षीय भुवन कुमार विष्टलाई ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन् भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।



