Wednesday, February 12, 2025
विज्ञान/प्रविधियसरी हेर्नुहोस मोबाइलमा टेलिकमको ‘एनटी टिभी’

यसरी हेर्नुहोस मोबाइलमा टेलिकमको ‘एनटी टिभी’

काठमाडौं । नेपाल टेलिकमले आईपीटिभी सेवा ‘एनटी टिभी’ मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । कम्पनीले बेटा भर्सनका रूपमा एन्ड्रोइड र आईओएस प्लेटफर्ममा बेटा संस्करण सार्वजनिक गरेको हो ।

एनटी टिभी एपमार्फत नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने बताइएको छ ।

हालका लागि एयर फ्री अर्थात् निःशुल्क उपलब्ध हुने च्यानलहरू राखिएको र चाँडै नै प्रिमियम च्यानल पनि समावेश गरिने टेलिकमले जनाएको छ ।

यसका लागि टेलिकमको सिम प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटी टीभी’ एप डाउनलोड गर्नुपर्छ ।

यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ ।

यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डेटा प्याक तथा वाई-फाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नुपर्दैन ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस