एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बईमा एक जना किशोरले आमाले मोबाइलमा गेम खेल्न नदिएको झोकमा आ’त्मह’त्या गरेका छन् । १६ वर्षका ती किशोरको नाम ओम भरत रहेको प्रहरीले बताएको छ । उनले आ’त्मह’त्या गर्नुअघि एक सु’साइड नोट पनि लेखेको पाइएको छ ।
सुसाइड नोटमा मृतकले आफूलाई घरपरिवारले सधैँ पढ्न मात्र दबाब दिने गरेको लेखेका छन् । सोही नोटमा उनले आ’त्महत्’या गर्न गएको , अब कहिल्यै नआउने र खोज्ने प्रयास नगर्नु भनेर लेखेका छन् । बिहीबार साँझ नै ओम मोबाइलमा गेम खेलिरहेको बेला उनकी आमाले उनको हातबाट मोबाइल खोसेर नपढेको भन्दै गाली गरेको उनकी आमाले पछि दुःखी हुँदै सम्झिन् ।
ती किशोरको शव मलाड र कांदिवली स्टेशनको बीचमा फेला परेको छ । साँझपख आमा घर बाहिर निस्किँदा बालक मर्ने मनसायले निस्किएको कुरा आमा घर फर्किँदा उनले छोराले छाडेको सुसाइड नोट फेला पारेपछि मात्र थाहा पाइन् ।
सु’साइड नोट पाएपछि लगतै परिवारले परिवारले प्रहरी चौकीमा खबर गरेका थिए । केही समयपछि प्रहरीले मलाड र कांदिवली स्टेशनको बीचमा एक शव फेला परेको जानकारी पाए । प्रहरी अनुसन्धानमा यो शव ओमकै रहेको खुलेको छ ।



