काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहोर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालिन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्।
उनले फोहोरको स्रोतमा नै विकेन्द्रीकृत गरेर, त्यहीँ नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक र अजैविक फोहोर छुट्याइदिनपनि पनि आग्रह गरिन्।
उनले फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता पूरा गर्नेगरी आफूले काम गरिरहेको बताइन्।