Tuesday, October 15, 2024
विज्ञान/प्रविधियस्तो छ एकपटक चार्ज गरे २८ हजार वर्षसम्म चल्ने ब्याट्री

यस्तो छ एकपटक चार्ज गरे २८ हजार वर्षसम्म चल्ने ब्याट्री

spot_img

काठमाडौं- आधुनिक समाजमा उर्जा बिना हामी केही पनि कल्पना गर्न सक्दैनौ । अझ उर्जा मध्यमा पनि विधुतिय उर्जा जसले हाम्रो प्रविधिमा हरपल साथ् दिई रहेको हुन्छ । हो, यहि विधुतीय उर्जा जसलाई हामी ब्याट्रीमा भण्डारण गर्ने गर्छौं । र अल्टरनेटिव करेन्ट नभएको वा दिन नसक्ने अबसथामा डाइरेक्ट करेन्टको प्रयोग गर्दछौ तर हामाले प्रयोग गर्ने यस्ता ब्याट्री लाई निक्षित समयमा चार्ज गर्नु पर्ने हुन्छ हो यो नै एक झन्जटिलो प्रक्रिया हो ।

के तपाईले कहिल्यै कल्पना गर्नु भयको छ यदि हामीले प्रयोग गर्ने ब्याट्री चार्जनै गर्नु नपर्ने अवस्था आयो भने हाम्रो जीवन कस्तो होला? के यो सम्भब होला? हो अबस्य नै यो सम्भब छ हालसालै बैज्ञानिकहरुले एउटा यस्तो ब्याट्री बनाएका छन् जुन बिना चार्ज २८ हजार बर्ससम्मा चल्न सक्छ ।

ब्याट्री बिना हामी न हामी मोबाईल चनाउने सक्छौ न त ल्यापटप, विधुतिय गाडी अनि अंतरिक्षका उपकरणहरु नै त्यसो त एक किसिमले भन्ने हो भने जहाँ अल्टरनेटिव करेन्टको प्रयोग गर्न असम्भब हुन्छ त्यहा हामी डाइरेक्ट करेन्टको प्रयोग गर्ने गर्छौं डाइरेक्ट करेन्ट मतलब ब्याट्री को प्रयोग । अहिलेको समयामा बिभिद उपकरणहरु संचालकनको लागि ब्याट्रीले महत्त्वपूर्ण भूमिका खेलीरहोको हुन्छ तर यस्ता उपकरनाहरुमा प्रयोग हुने ब्याट्रीले हामीलाई पूर्ण रुपमा सम्तुष्टी भने दिन सकिरहेका छैनन् । यी ब्याट्रीहरुको पनि समय सिमा हुन्छ र त्यसपछि एक पटक चार्ज गर्नु पर्ने हुन्छ यही झन्जटिका  कारण अहिले बैज्ञानिकहरु यस्तो ब्याट्री बानाउने प्रयासमा जुटिरहेका छन जुन बारम्बार चार्ज गरहनुपर्ने  समस्या बाटअमुक्ति पाउन सकियोस यहि प्रयासको प्रतिफल स्वरूप नानोडायमण्डको ब्याट्रीले आशाको किरण जगाएको छ  ।

२८ हजार वर्षसम्म चल्ने ब्याट्री

अमेरिकी स्टार्टअप कम्पनी NDB(नानो डायमण्ड ब्याट्री)ले २८ हजार वर्षसम्म टिक्न सक्ने  ‘उच्च शक्ति हीरामा आधारित अल्फा, बिटा र न्युट्रोन भोल्टेइक ब्याट्री’ घोषणा गरेको छ  ।

अमेरिकामा आधारित एउटा स्टार्टअपले आणविक फोहोरबाट रेडियोएक्टिभ आइसोटोपलाई नानोडायमण्डको अल्ट्रा-स्लिम तहसँग जोडेर २८ हजार  वर्षसम्म टिक्ने ब्याट्री बनाएको हो ।

कम्पनीले ब्याट्रीको उपभोक्ता संस्करणमा पनि काम गरिरहेको र जसले स्मार्टफोन वा इलेक्ट्रिक कारलाई एक दशकभन्दा बढी चार्ज बिना नै चलाउन सक्ने जनाएको छ ।

हीरा ब्याट्री पछाडिको प्रविधि NDB Chip

ब्याट्री रेडियोएक्टिभ फोहोर ग्रेफाइटको प्रयोग गरिएको छ  । जुन ग्रेफाइट-कूल्ड आणविक रिएक्टरहरूमा प्रयोग गरिने दाबी गरेको छ ।

प्रत्येक एकाइमा एकल क्रिस्टलीय हीरा हुनेछ जसले आइसोटोपबाट ऊर्जा अवशोषित गर्दछ।  हीराको तहले चार्ज मात्र सङ्कलन गर्दैन यसले विकिरण चुहावटलाई पनि रोक्छ। एनडीबीले कोषहरूबाट उत्सर्जित विकिरणको स्तर मानव शरीरबाट उत्सर्जित हुने भन्दा कम हुने दाबी पनि गरेको छ।

फर्मले अझै ब्याट्रीहरू उत्पादन गरेको छैन तर “डायमण्ड न्यूक्लियर भोल्टेइक” भनिने अवधारणाको २०१६ मा ब्रिस्टल विश्वविद्यालयका वैज्ञानिकहरूले फोहोर ग्रेफाइट ब्लकहरू प्रयोग गरेर प्रस्तुत गरेका थिए।

यो ब्याट्री हवाईजहाज देखी स्माटफोन सम्म प्रयोग गर्न सकिने जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img