Thursday, May 15, 2025
विज्ञान/प्रविधिफेसबुक अकाउन्ट ह्याक हुनबाट बच्न १५ टिप्स
spot_img

फेसबुक अकाउन्ट ह्याक हुनबाट बच्न १५ टिप्स

spot_img

काठमाडौँ – पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल प्रहरीले त्यसबाट जोगिने १५ वटा सुझाव दिएको छ। प्रहरीका अनुसार गत आर्थिक वर्षमा प्राप्त उजुरीहरूमध्ये धेरैजसो फेसबुकसँग सम्बन्धित रहेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा अश्लील सामग्री सेयर गरी व्यक्तिगत प्रतिष्ठामाथि आघात गर्ने घटना बढेकाले प्रहरीले सचेतनामूलक भिडिओ सार्वजनिक गर्दै सुरक्षा सुझाव दिएको हो।

प्रहरीका अनुसार फेसबुक अकाउन्टको सुरक्षाका लागि छुट्टाछुट्टै र बलियो पासवर्ड प्रयोग गर्नुपर्ने, व्यक्तिगत विवरण नदिने, अपरिचितको फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्नेलगायतका सुझाव दिएका छन्। यसबाहेक शंकास्पद लिंक तथा फाइलहरू नखोल्न र असामान्य गतिविधि देखिएमा प्रहरीलाई सूचना दिन पनि आग्रह गरेका छन्।

फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगिन प्रहरीले दिएका टिप्सहरूः

– छुट्टाछुट्टै सामाजिक सञ्जाल (जस्तै; फेसबुक, एक्स) को अकाउन्टका लागि छुट्टाछुट्टै तथा बलियो पासवर्ड राख्नुहोस् ।

– सामाजिक सञ्जाल अकाउन्टलाई सुरक्षित राख्न मल्टिफ्याक्टर अथेन्टिकेसन (Two Factor Authentication, Mobile Number, OТР, Fingerprint इत्यादि) प्रयोग गर्नुहोस् ।

-सामाजिक सञ्जालको आफ्नो खाता ‘रिकभरी’का लागि रिकभरी ईमेल तथा मोबाइल नम्बर प्रयोग गर्नुहोस् ।

-सकेसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो निजी उपकरण (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याब्लेट) को मात्र प्रयोग गर्नुहोस् ।

-आफ्ना व्यक्तिगत डिभाइसहरू (ल्यापटप, मोबाइल आदि) लाई पिन, पासवर्ड, प्याटर्न वा बायोमेट्रिकबाट लक गर्नुहोस् ।

-मोबाइल, ट्याब्लेट हराउँदा सामाजिक सञ्जाल अकाउन्टको पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् ।

– सकेसम्म आफ्नो व्यक्तिगत विवरण (जस्तै; होम एड्रेस, फोन नम्बर, व्यक्तिगत कागजात, संवेदनशील सूचना इत्यादि) सामाजिक सञ्जालमा नराख्नुहोस् ।

– सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत संवेदनशील फोटो, युजरनेम, पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, पिन कोड, नागरिकता नम्बर लगायतका जानकारी शेयर नगर्नुहोस् ।

-कुनै पनि सन्देश, फोटो तथा आफू कहाँ जाँदैछु, के गर्दैछु, कोसँग छु जस्ता विवरणको पोस्ट गर्दा सचेत रहनुहोस् ।

– फोटो पोस्ट गर्न कसैले दबाब दिन्छ भने अस्वीकार गर्नुहोस् ।

– आवश्यक परेको खण्डमा सामाजिक सञ्जालमा असहज क्रियाकलाप देखाउने नराम्रा साथीहरूलाई ब्लक वा अनफ्रेन्ड गर्नुहोस् ।

– सकेसम्म अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस् ।

– सामाजिक सञ्जालमा साथीले शेयर गरेको लिंक तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र क्लिक वा ओपन गर्नुहोस् । उक्त लिंक तथा अट्याचमेन्ट शंकास्पद लागेमा नखोल्नुहोस् ।

– सामाजिक सञ्जालमार्फत प्राप्त हुने पुरस्कार उपहार चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिइ पठाइएको सन्देश, फोन कल लगायतलाई रिप्लाई र रेस्पोन्स नगर्नुहोस् ।

– सामाजिक सञ्जाल प्रयोग गर्दा यौन दुर्व्यवहारसँग सम्बन्धित वा केही असहज गतिविधिको महसुस तथा घटना भएमा प्रमाण सङ्कलन गरी नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दर्ता गराउनुहोस् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img