खेल समाचारप्रदेश १ स्तरीय खो–खो प्रतियोगिता सम्पन्न

प्रदेश १ स्तरीय खो–खो प्रतियोगिता सम्पन्न

सुनसरी / प्रदेश नम्बर – १ स्तरीय खो- खो प्रतियोगिता झापाको बिर्तामाडमा भएको खेलमा पुरूष झापा प्रथम र महिला मोरङको उपाधि रहेको छ ।

आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुषतर्फ झापा जिल्ला प्रथम बनेको छ भने दोस्रोमा मोरङ आएको छ, तेस्रोमा संखुवासभा र तेह्रथुम आएका छन् ।

त्यस्तै, महिलातर्फको खो–खो प्रतियोगितामा मोरङले उपाधि हात पारेको छ भने संखुवासभा दोस्रो बनेको छ । आइतबार भएको फाइनल खेलमा तेस्रो उपाधि झापा र तेह्रथुमले जितेका छन् । खेलमा प्रदेश १ का पाँच वटा जिल्लाका खेलाडीहरू सहभागि थिए भने खेल आइतबार सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img