Thursday, January 23, 2025
खेल समाचारबागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट

बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट

हेटौंडा । पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ ।

आज दिउँसो हुने उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र ए डिभिजन लिगको टिम जावलाखेल युथ क्लब भिड्ने छन् । ३ गतेसम्म जारी रहने प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र फूटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुट्निज युथ स्पोर्ट्सको सहभागी रहनेछ ।

bgmati

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ ।
प्रतियोगितामा ७१ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यसैगरि,२०७७ मा भएको चौथो संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको थियो ।साविक विजेता थ्री स्टार क्लब भने पाँचौं संस्करणको प्रतियोगितामा सहभागी नहुने भएको छ । चौथो संस्करणमा विदेशी टिम क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img