Sunday, January 19, 2025
खेल समाचारभारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपकाे फाइनलमा

भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपकाे फाइनलमा

काठमाण्डाै – बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।

ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हरायाे । एक गाेलले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गाेल गरिन् ।

याे जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदाे बिहीवार खेल्नेछ । आजै हुने बङ्गलादेश र भुटानको खेलमा फाइनलमा पुग्ने अर्को टिमको टुङ्गो लाग्नेछ ।

नेपाल पहिलो खेलमा बङ्लादेशसँग ३–१ गाेलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गाेलले हराएको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img