Thursday, January 23, 2025
खेल समाचारनेपालले नामिबियालाई हरायाे

नेपालले नामिबियालाई हरायाे

काठमाडौं – नेपालले नामिबियाविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई हराउँदै सुखद सुरुवात गरेको हाे । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजअन्तर्गत प्रतियाेगिता जारी रहेकाे छ ।

म‌ंगलवारकाे पहिलाे खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो।२८६ रनकाे टार्गेटमा मैदान छिरेकाे नेपाली टाेलीले २ विकेटमा विजय हासिल गरेकाे हाे ।

नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले भुर्तेलको शतकीय पारिको सहायतामा ४७.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले ११३ बलमा १० चौका र ४ छक्काको सहायतामा ११५ रन बनाए।

त्यस्तै कप्तान रोहित पौडेलले ७२ रन बनाउँदा सुन्दिप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ तथा करण केसीले अविजित २० रन बनाए।

रोहित र कुशलले नामिबियाविरुद्धको खेलमा १३३ रनको साझेदारी गरे। यो नेपाली क्रिकेट टोलीकोतर्फबाट एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो।

एकदिवसीय क्रिकेटमा नामिबियामाथि नेपालको यो पहिलो जित हो। यसअघि नेपालले नामिबियासँग ४ खेल खेलेकोमा कुनै पनि खेलमा जित निकाल्न सकेको थिएन। जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा कायम छ।

नेपालले अर्को खेलमा शुक्रवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img