Tuesday, January 14, 2025
पर्यटनधार्मिक तथा ऐतिहासिक महत्व बोकेको धरानको बुढासुब्बा मन्दिरमा

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको धरानको बुढासुब्बा मन्दिरमा

धरान : धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर स्थित बुढासुब्बा मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदैँ गएको छ ।

चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारत लगायत विभिन्न देशबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तीर्थालुहरू बढ्दै गएका छन् । विजयपुर क्षेत्रमा थुप्रै मठ मन्दिरहरु छन् । अन्य मन्दिरहरुको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारीहरु बताउँछन् ।

वरिपरि टुप्पो बिनाको बाँसका झ्याङ, न कुनै देवताको मुर्ती छ, न कुनै देविको नै प्रतिमा छ । सुन्दा पनि अचम्म लाग्ने । माटोको ढिस्को, धमिराले घर बनाए जस्तो देखिन्छ । देख्दा समान्य लाग्ने यो मन्दिरले आफ्नो छुटै इतिहास र बिशेषता बोकेको छ ।

तर, पछिल्लो समय बुढासुब्बा मन्दिर परिषरमा रहेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका टुप्पो बिनाको बाँसहरूले तामा हान्न छाडेका छन् ।

बाँसले तामा हान्न छाडेपछि यहाँका स्थानीय सरकार, राजनीतिक दल, बुद्धिजीवी तथा स्थानीयबासीहरू संरक्षण गर्न लागि परेका छन् । मेयर तिलक राईको नेतृत्वमा सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासीहरूले स्थलगत निरीक्षण गरेका छन् ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाँसहरूको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि वनस्पति सम्बन्धिका विज्ञको रायअनुसार स्तरोन्नति गरिने मेयर राईले बताए ।

मेयर राईले धार्मिक तथा ऐतिहासिक महत्व बोकेका बाँसको संरक्षरण गर्ने कार्यमा धरान उपमहानगरपालिका लागि पर्ने बताए ।

मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी–प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किम्बदन्ती रहेकोले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे । तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ ।

अहिले बुढासुब्बा मन्दिरमा पूजा गरी बाँसमा धागो बाँध्ने चलन छ । यसरी धागो बाँध्दा प्रेमी–प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने विश्वास छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img