Sunday, September 8, 2024
पर्यटनभोजपुरको ट्याम्के डाँडा र मुन्धुम पदमार्गमा गुराँस फुल्न सुरू
spot_img

भोजपुरको ट्याम्के डाँडा र मुन्धुम पदमार्गमा गुराँस फुल्न सुरू

सुनसरी / भोजपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल ट्याम्के डाँडा र मुन्धुम पदमार्गमा गुराँस फुल्न सुरू गरेको छ ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिकामा पर्न ट्याम्के डाँडा र मुन्धुम पदमार्ममा चैतको तेस्रो साताबाट गुराँस फुल्ने सुरू गरेको छ । यहाँ गुराँस फुल्दा आन्तरिक पर्यटक कमै आउने गरेका छन् । गुराँस फुल्दा डाँडा राताम्मे हुने गर्दछन् । पछिल्लो समयमा त्यति धेरै गुराँस भने डकमक्क फुलेको भने छैन । ७७-७८ सालमा जस्तो डाँडामा राताम्मे भएको देखिदैन ।

यता बसन्तपुर तेह्रथुमको तिनजुरेमा भने बैशाख महिनामा गुराँस कमै फुलेको छैन । तिनजुरेमा जस्तो ट्याम्के, मुन्धुम र मैयुङ डाँडामा पर्यटन नआउने गरेको स्थानीयले बताए । यहीँ रहेका मुन्धुम पदमार्ग , चखेवा डाँडा, मैयुङ डाँडामा पनि गुराँस फुल्ने गर्दछ । चखेवा डाँडाबाट मुन्धुम पदमार्ग जान सकिन्छ ।

20230419 075924

-Google Ads-

भोजपुर र खोटाङको संगमस्थलमा पर्ने ट्याम्के समुन्द्र सतहदेखी ३ हजार १० मिटर अग्लो ठाउँमा ट्याम्के डाँडाँ पर्छ । मन्दिरको नजिकै परेवा उडाउने तथा बली पूजा गर्ने ठाउँ छ । केही समयसम्म यहाँ जोगी बस्ने गरेका थिए । भाकल पूरा गर्न यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यस क्षेत्रको दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ वालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्छ । मानिस यहाँ सदविज छर्न पुग्छन् । यो डाँडाँमा आएर दही चिउरा खादा मृत्यु पछाडी स्वर्गवास पुग्ने किंबदन्ती रहेको छ ।

20230419 075636

भ‍ोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको मुन्धुम पद मार्गमा पनि गुराँस फुल्न सुर गरेको छ । भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट शुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ।

खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नैपर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ।

20230419 075351

पुर्वबाट धरान , भेडेटार , धनकुटा हिले हुँदै भोजपुर बजारबाट पश्चिम खोटाङको जाने सडकमार्ग हुँदै चखेवा भन्ञ्याङ बाट जान सकिन्छ । चखेवामा रहेको होमस्टेमा बास बसेर अर्को दिन मुन्धुम जान सकिन्छ । यता, काठमाडौंबाट खोटाङ दिक्तेल चखेवा भएर पनि मुन्धुम जान सकिन्छ ।

पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । मुन्धुम पदमार्ग क्षेत्रका विभिन्न स्थानमा विविध तिथि र दिनहरूमा धार्मिक-सांस्कृतिक तथा विशुद्ध मनोरञ्जनात्मक मेला लाग्छन् । पदमार्गमा पर्ने खर्कमा मौसमी गोठहरू छन् ।

1681870210336

मुन्धुम ‘ट्रेकिङ’ जाँदा भोजपुर र खोटाङको सीमा क्षेत्रमा ठूल्ठूला खर्क तथा डाँडाकाडाको दृश्य , चेरीडाँडा, मलुवा पोखरी,दलसिंगे भन्ञ्याङ ,धोद्रे देउराली ,तीन थुम्की , जलजले हुँदै यहाको महत्त्वपूर्ण मनोरम दृश्य अवलोकन गर्दै मुयुङ डाँडा जान सकिन्छ । गाई गोरुर चौरी ,भेडा चरनमा आउदा यहाँ देखिएको आनन्द छुट्टै मिल्दछ । चौंरीगोठ र भेडगोठ यस भेकका खास विशेषता हुन्।

त्यस्तै, भोजपुरको उत्तर पश्चिम र खोटाङको उत्तर पूर्वी सिमाना दुई जिल्ला बीचको टेम्केमैयुङ गाउँपालिकाको संगमस्थल स्थलमा रहेको अर्को मैयुङ डाँडा । यो भोजपुरको तत्कालीन दोभाने, खार्ताम्छा, किमालुङ र तिम्मा गाविस र खोटाङको तत्कालीन फेदी गाविसको बीचमा पदर्छ । मैयुङ डाँडा मुन्धुम ट्रेल पदमार्ग मध्य भागमा अवस्थित छ । यहाँ ऐतिहासिक महत्व बोकेका ती क्षेत्र गुमनाम देखिन्छ । स्थानीय सरकारले चाखो राख्नु पर्ने देखिन्छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img