Saturday, April 19, 2025
मौसम६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
spot_img

६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं | मौसम विभागले आज राति ६ वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। यी प्रदेशहरूमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पर्दछन्।

आज बेलुकीदेखि नै देशका धेरै भागमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ। विशेषगरी बागमती र मधेस प्रदेशमा गडयाङ्गुडुङ्ग र बिजुली चम्किने सहित हल्का पानी पर्ने बताइएको छ।

राति पनि यस्तै मौसम रहने र धेरै प्रदेशहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। काठमाडौंमा पनि ६०% सम्भावना रहेको विभागले जनाएको छ।

मौसम विभागले जनतालाई सावधान रहन अनुरोध गरेको छ। ठूलो पानीका कारण बाढी, पहिरो वा भूक्षय हुनसक्ने भएकोले सतर्क रहन भनिएको छ। यस्तो मौसमले दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायातमा असर पार्न सक्ने हुँदा सावधानी अपनाउन सुझाव दिइएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img