हेटौँडा | शनिबार देशका पहाडी ठाउँहरूमा आकाश आंशिकदेखि सामान्य रूपमा बादल लाग्नेछ। तर बाँकी ठाउँहरूमा आंशिक बदली मात्र रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पहाडी क्षेत्रमा केही स्थानहरूमा र बाँकी ठाउँहरूमा एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। देशका उच्च पहाडी र हिमाली ठाउँहरूमा हल्का पानी वा हिमपात पर्ने सम्भावना पनि छ।
रातको समयमा पनि पहाडी क्षेत्रमा बादल लाग्नेछ भने अन्य स्थानहरूमा आकाश सफा रहने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का पानी पर्न सक्छ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।



