समाजआगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु
spot_img

आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु

रौतहट- सर्लाहीमा एक महिलाको जलेर मृत्यु भएको छ। अत्यधिक जाडो भएपछि आगो ताप्ने क्रममा सर्लाहीको हरिवन नगरपालिका ३ की ५५ बर्सिया गोरीमाया रखालको जलेर मृत्यु भएको हो।

स्थानीय तुलसी हुमागाईँले संचालन गरेको चिरान मिलमा कुरुवाको काम गर्ने उनी आगो तापेर बसेकी थिइन्। आगो तापिरहेकै अवस्थामा रखालले लगाएको कपडामा आगो सल्केको थियो। आगो सल्केपछि चिच्याएकी रखाललाई स्थानीयले बचाउने प्रयास गरेका थिए।

आगोले बुधवार राति जलेर घाइते भएकी रखालको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img