समाजकालीकोटमा कुकर पड्किँदा तीन घाइते
spot_img

कालीकोटमा कुकर पड्किँदा तीन घाइते

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका ३ मा खाना पकाउने कुकर पड्किँदा घाइते भएकाले आर्थिक अभाव हुँदा समयमा उपचार गर्न सकेका छैनन्। 

बुधबार खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार उहाँका १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार आर्थिक अभावका कारण अस्पताल जान नसक्नु भएको हो। 

बिहान खाना पकाउँदै गर्दा प्रेसर कुकरमा हावा भरिएको र सिट्टी नखुलेपछि पड्किँदा तीन आमा छोरा घाइते हुनुभएको हो।

घाइते आमा छोरा स्थानीयको सहयोगमा साँझ ७ बजेमात्रै कालीकोट जिल्ला अस्पताल पुगेपछि उपचार सुरु भएको हो। वडा नम्बर ३ का वडा सदस्य चक्रबहादुर शाहीले ढिलो खबर हुँदा अस्पताल पुर्याउन ढिला भएको जानकारी दिनुभयो।

स्थानीय किरण अधिकारीले गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले केही सहयोग जुटाएर बिरामीलाई अस्पतालसम्म लगे पनि थप उपचारमा समस्या भएको बताउनुभयो। 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये दुई आमा छोरा खतरामुक्त भएको बताउनुभयो। 

स्थानीय किरण अधिकारीले घाइतेको उपचारका लागि सहयोग गर्न अपिल गर्नुभएको छ। 

किर्डाक नेपाल कालीकोटको शुभकालिकामा आयोजित बैठकमा सहभागीले २५ हजार पाँच सय रुपियाँ घाइतेको उपचारका लागि जम्मा गरेका छन्। घाइते आमाछोराको स्थानीय सहयोगमा १२ घन्टापछि जिल्ला अस्पताल कालीकोटमा उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img