देशकोशी प्रदेशनेपालकै सबैभन्दा लामो तेह्रथुमको हृयातुङ झरना

नेपालकै सबैभन्दा लामो तेह्रथुमको हृयातुङ झरना

सुनसरी / तेह्रथुमको हृयातुङ झरना नेपालकै सबैभन्दा लामो र विश्वकै अग्ला ३० झरनाहरूमा मध्ये एक झरना हो । तेह्रथुम जिल्लाको सबै भन्दा ठूलो नदी तमोर हो।

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा अवस्थित ३६५ मिटर अग्लो ह्यातुङ झरना दक्षिण एसिया र नेपाल कै दोस्रो अग्लो झरना हो । जिल्लाको पूर्वी सिमानको रूपमा तमोर नदी बगेको छ। यसले पाँचथर जिल्लाबाट यस जिल्लालाई छुट्टयाएको छ ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा आउने व्यक्ति जो कोही पनि यहाँ आएपछि रमाउने गर्दछन् ।झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापा सुनसरीको इटहरी लगायत ठाउँबाट दैनिक आन्तरिक पर्यटक आउने गरेका छन् ।

२०७४ साउन पचाल झरना गाउँपालिकाको पहलमा लिइएको नापवाट उक्त कुराको पुष्टी भएको हो । हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो ।

यस जिल्लामा बग्ने अन्य नदीनाला तथा खोलाहरूमा खोरङ्गा खोला, पिगुवा खोला, लम्बु(लिम्बु)खोला, कोया खोला, तेलिया खोला, फाकचुवा खोला र हिउँदिया खोला प्रमुख छन। त्यसैगरी मुख्य पोखरीहरूमा मार्गा पोखरी, चिचिलिङ पोखरी, छातेढुङ्गा, इवा, सक्रान्ति पर्दछन।

सदरमुकामबाट म्याङलुङ-सक्रान्ति सडक भएर झरनाको शिरसम्म पुग्न सकिन्छ । त्यसपछि करिव १ घण्टा पैदल हिँड्नुपर्छ । स्थानीय सरकारले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने हो भने व्यापार व्यवसाय फस्टाउने स्थानीय व्यापारी बताउछन् ।

त्यस्तै, नेपालकै गुराँसको राजधानीकारूपमा परिचित तेह्रथुममा नेपालमा पाईने ३२ प्रजातिका गुराँसमध्ये तिनजुरे, मिल्के र जलजले क्षेत्रमा २८ प्रजातिका गुरास पाइन्छन् । कन्चनजङघा र मकालु हिमालको रमणीय दृश्यावलोकन, तीनजुरे डाँडाबाट प्याराग्लाईडिङको उडान, तीनजुरे र मेन्छ्यायाम डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img