समाजविमान दुर्घटनामा घाइते भएका पाइलट शाक्य 'खतरामुक्त'

विमान दुर्घटनामा घाइते भएका पाइलट शाक्य ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ।

अस्पतालका एक अधिकारीले शाक्यको आँखाको अप्रेसन गरिएको जानकारी दिए। अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन्। उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img