देशकोशी प्रदेशपहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

​नदी थुनिएपछि उच्च जोखिम सिर्जना भएकाले कोशी प्रदेश सरकारले इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

​कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार नदीमा बनेको अस्थायी बाँध जुनसुकै बेला फुटेर एकैपटक पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ। सोही कारण नदी किनारका तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार