देशबागमती प्रदेशपत्रकार महासंघको आयोजनामा माइतीघरमा विरोध प्रदर्शन

पत्रकार महासंघको आयोजनामा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैँ । पत्रकार पक्राउ र प्रहरी धरपकडको विरोधमा नेपाल पत्रकार महासंघले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन्।

​प्रदर्शनकारीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दाबाद’, ‘प्रेसमाथिको दमन बन्द गर’, ‘पत्रकारमाथिको धरपकड बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

​विरोध कार्यक्रममा बोल्दै हिजो पक्राउ परेर छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षभित्रै छिरेर पत्रकारलाई पक्राउ गर्नु दुःखद् र आपत्तिजनक भएको बताए। कार्यक्रमका अर्का वक्ता पत्रकार रामप्रसाद दाहालले राज्यले प्रेस स्वतन्त्रताको ग्यारेन्टी र रक्षा गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार