देशसुदूरपश्चिम प्रदेशबडीमालिकामा हिमपातमा फसेका एक पर्यटकको हेलिकप्टरमार्फत उद्धार, अर्का युवा अझै सम्पर्कविहीन

बडीमालिकामा हिमपातमा फसेका एक पर्यटकको हेलिकप्टरमार्फत उद्धार, अर्का युवा अझै सम्पर्कविहीन

बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा भारी हिमपातपछि अलपत्र परेका दुईमध्ये एक पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

​अत्यधिक हिउँ परेपछि ४ हजार २ मिटर उचाइमा रहेको बडीमालिकाबाट फर्किने क्रममा त्रिवेणी पाटनस्थित धर्मशालामा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।

​शुक्रबारदेखि उनीहरू सो क्षेत्रमा फसेका थिए। सँगै रहेका कञ्चनपुरको बेदकोट नगरपालिका (दैजी) का २० वर्षीय मनिष बोहरा भने अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। सम्पर्कविहीन बोहराको खोजी कार्य जारी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार