अर्थ व्यापारसुनकाे मूल्यमा उच्च गिरावट

सुनकाे मूल्यमा उच्च गिरावट

काठमाण्डौँ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा ८ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आज तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ८० हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १७५ रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको ३ हजार ६५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार