खेल समाचारनेपाल प्रिमियर लिग: आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

नेपाल प्रिमियर लिग: आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई वटा खेल हुँदैछन्।

​पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। यसअघि खेलेका तीन खेलमध्ये विराटनगरले एकमा जीत र दुईमा हार बेहोरेको छ भने जनकपुरले दुई खेल जित्दै एकमा हार बेहोरेको छ।

​आजै हुने दोस्रो खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। लुम्बिनीले यसअघि दुई खेलमध्ये एकमा जीत र एक खेल वर्षाका कारण अङ्क बाँडेको थियो। यता पोखरा भने आफ्ना सुरुवाती दुवै खेल हार व्यवहोर्दै पहिलो जीतको खोजीमा मैदान उत्रिनेछ।

​नेपाल क्रिकेट सङ्घको आयोजनामा भइरहेको आठ टोली सहभागी तेस्रो संस्करणको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार