काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ।
चक्रवातको जोखिम टार्न र जनधनको क्षति हुन नदिन छिमेकी ओडिशा सरकारले गन्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाका १ लाख ६० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
चक्रवातका प्रभावले विशाखापट्टनमको ऋषिकोंडा तटमा एउटा डुङ्गामा क्षति पुगेको छ भने नेल्लोरमा दुर्घटनाग्रस्त अर्को डुङ्गाका यात्रुहरूलाई सकुशल उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ। स्थिति सामान्य नभएसम्म माझीहरूलाई समुद्रमा नजान अधिकारीहरूले कडा निर्देशन दिएका छन्।
यसअघि ‘अर्नब’ चक्रवात आएको एक साता नबित्दै आन्ध्र प्रदेशको तटीय क्षेत्रमा दोस्रोपटक चक्रवात ‘मुरासु’ ले प्रभाव पारेको हो।


