अन्तर्राष्ट्रियभारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई...

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ।

​चक्रवातको जोखिम टार्न र जनधनको क्षति हुन नदिन छिमेकी ओडिशा सरकारले गन्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाका १ लाख ६० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

​चक्रवातका प्रभावले विशाखापट्टनमको ऋषिकोंडा तटमा एउटा डुङ्गामा क्षति पुगेको छ भने नेल्लोरमा दुर्घटनाग्रस्त अर्को डुङ्गाका यात्रुहरूलाई सकुशल उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ। स्थिति सामान्य नभएसम्म माझीहरूलाई समुद्रमा नजान अधिकारीहरूले कडा निर्देशन दिएका छन्।

​यसअघि ‘अर्नब’ चक्रवात आएको एक साता नबित्दै आन्ध्र प्रदेशको तटीय क्षेत्रमा दोस्रोपटक चक्रवात ‘मुरासु’ ले प्रभाव पारेको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार