देशबागमती प्रदेशप्रदेशका योजना कार्यान्वयनमा स्थानीय तहको ढिलासुस्तीले प्रगति प्रभावित : मुख्यमन्त्री थापा

प्रदेशका योजना कार्यान्वयनमा स्थानीय तहको ढिलासुस्तीले प्रगति प्रभावित : मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्थानीय तहबाट विकास योजना कार्यान्वयनमा हुने ढिलासुस्तीका कारण अपेक्षित प्रगति हासिल हुन नसकेको बताएका छन्।

मंगलबार जिल्ला समन्वय समिति मकवानपुरद्वारा हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेका बजेट कार्यान्वयनमा स्थानीय तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।

मुख्यमन्त्री थापाले सङ्घीय र प्रदेश सरकारबाट विनियोजित कतिपय योजना स्थानीय तहले समयमै कार्यान्वयन नगर्दा वार्षिक प्रगतिमा कमी आएको उल्लेख गरे । स्थानीय जनप्रतिनिधिले योजनाको आवश्यकता, बजेटको सदुपयोग र कार्यान्वयनमा विशेष चासो दिनुपर्ने उनको भनाइ थियो ।

उनले विकास निर्माणका योजनाको गुणस्तर र प्रगति अनुगमनमा जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका रहेको बताए । योजनामा हुने अनियमितता तथा गुणस्तरहीन कामका गुनासा सम्बोधन गर्न नियमित अनुगमन आवश्यक रहेको उनले औँल्याए ।

मुख्यमन्त्री थापाले स्थानीय तहबीच प्राकृतिक स्रोतसाधनको उपयोग तथा राजस्व बाँडफाँडमा देखिने विवाद समाधानमा समेत जिल्ला समन्वय समितिले प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार