खेल समाचारएनपीएलमा सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ

एनपीएलमा सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ

काठमाडाैँ।  कीर्तिपुरमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा अवैध अनलाइन सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

​पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्दै आएका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

​प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा Sinha ले विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत ८९ लाख ८१ हजार ७ सय २९ रुपैयाँ बराबरको गैरकानुनी कारोबार गरेको खुलेको छ।

​अवैध रूपमा सट्टेबाजी गराएको आरोपमा नियन्त्रणमा लिइएका उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार