बागमती प्रदेशमकवानपुरमकवानपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने, पटाका र जुवातासमा प्रतिबन्ध

मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने, पटाका र जुवातासमा प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउन देउसीभैलोसहितका सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न आदेश दिएको छ।

​सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनाअनुसार चाडपर्वमा हुन सक्ने अवान्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम राख्न राति ९ बजेभित्रै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसक्नुपर्नेछ।

​प्रशासनले तिहारमा पटाका, भुइँचम्पा, आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको भण्डारण, ओसारपसार र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। साथै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र जुवातास खेल्नेजस्ता गैरकानुनी काम नगर्न सचेत गराएको छ।

​बजारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि तथा अखाद्य वस्तुको बिक्री रोक्न अनुगमन कडाइ गरिने र सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न वा बढी भाडा लिन नपाइने प्रशासनले जनाएको छ। वातावरण प्रदूषण रोक्न प्लास्टिकका फूलगुच्छा बिक्री वितरणमा समेत रोक लगाइएको छ।

​सूचनाविपरीत कार्य गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने र कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार