कृषीस्थानीयले खोसे ट्रकबाटै रासायनिक मल

स्थानीयले खोसे ट्रकबाटै रासायनिक मल

काठमाडौं । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेर लगेका छन् ।

भन्सार छलेर ल्याएको दुई ट्रक मल शनिबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं ल्याइरहेको अवस्थामा स्थानीयले बाटोमै लुटेका हुन् । धार्केबजारबाट उक्त मल स्थानीयले खोसेका हुन् ।

स्थानीयले दुईवटा ट्रकमा रहेको मल कब्जा गरेको बताइएको छ । अहिले ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

उनले राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीसँग घटना र मलबारे जानकारी लिने काम भइरहेको बताए ।

सो मल भारतबाट अवैध रूपमा ल्याइएकोले नियन्त्रणमा लिइएको बताइएको छ । ट्रकमा सशस्त्र प्रहरी पनि सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img