Friday, December 6, 2024
कृषीआज राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव एवं दहीचिउरा खाने दिन

आज राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव एवं दहीचिउरा खाने दिन

काठमाडौं : आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । असारे रोपाइँमा खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन्।

मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउदै खेतमा बसेर खाजा खादै, खाजा खाने समयमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा छ ।

रोपाइको दिनमा खेतका मालिकहरु पनि खेतमा आई खेतलासंग हिलोमा रमाउने गर्छन् । स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो । २०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो ।

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img