Thursday, October 10, 2024
कृषीदुई दाना आँपको मूल्य ४ लाख, किन यति महँगो?

दुई दाना आँपको मूल्य ४ लाख, किन यति महँगो?

spot_img

जापानमा एउटा यस्तो जातको आँप छ, जसको मूल्य सय, हजारमा होइन, लाखमा गणना हुन्छ । ताइयो नो तामागो अर्थात् एग अफ द सन् भनिने उक्त आँप जापानको मियाजाकी प्रान्तमा फलाइन्छ । त्यहाँ हरेक वर्ष सबैभन्दा पहिले फलेको विशेष तथा महँगो आँप लिलाम बढाबढमा बिक्री गरिन्छ ।

निकै महँगो यो आँपको खेती जहाँतहीँ फल्दैन । अर्डर प्राप्त भइसकेपछि मात्र यो आँप फलाइन्छ । यो आँपको पाकेको गेडा आधा रातो र आधा पहेँलो हुन्छ । जापानमा यसलाई गर्मी र चिसोयामको बीचतिर तयार पारिन्छ ।

सन् २०१७ मा यो जातको दुई दाना आँप लिलाम भएको थियो । प्रतिदाना साढे ३ सय ग्रामतौल रहेकोमा दुईवटा दाना आँप ३७ सय अमेरिकी डलरभन्दा धेरै अर्थात् झण्डै ४ लाख नेपाली रुपैयाँ बराबरको रकममा बिक्री भएका थिए ।

आखिर यो आँप किन यतिधेरै महँगो छ त ?
वास्तवमा यो आँपको विरुवा हुर्काउन र फलाउन निकै मिहिनेत लाग्दछ, कठिन छ । जापानी किसानले हरेक आँपका दानालाई एउटा सानो जालीले छोपेका हुन्छन् जसले सूर्यको प्रकाशलाई फलको सबै कोणको पत्रमा समान रूपले ताप प्रसार गर्न तथा फललाई तल खस्न नदिनका लागि लगाइएको हुन्छ । आँप बोटमै पाकिसकेपछि यो जालीमै खसेर अड्किन्छ । भुइँमा खस्न पाउँदैन । त्यसपछि जालीबाट निकालेर त्यसलाई बेचिन्छ ।

यो आँप निकै स्वादिलो तथा रसिलो हुन्छ । यो चकलेटजस्तै गुलियो हुनुका साथै स्वादमा पनि भुइँकटहर तथा नरिवलको मिश्रणजस्तो हुन्छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img