कृषीइटहरीमा राष्ट्रिय धान दिवस अवसरमा रोपाइँ महोत्सव मनाइयो

इटहरीमा राष्ट्रिय धान दिवस अवसरमा रोपाइँ महोत्सव मनाइयो

सुनसरी : राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले भब्यताका साथ धान दिवस मनाएको छ ।

मानो रोपेर मुरी फलाउने दिनको रुपमा रहेको असार १५ लाई धान दिवसको अवसरमा “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” नारा सहित कृषि अनुसन्धान निर्देशनालयका जग्गाहरूमा करिब ३० हेक्टर विघामा धान खेति लगाएको छ । सोही ठाउँमा स्थानीय , कृषि अनुसन्धान केन्द्रका कर्मचारी लगाएतहरूले धान रोपेर २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएकोे हो ।

पछिल्लो समयमा कृषि मजदुरहरु पाउन समस्या भईरहेको तर्फ मध्यनजर गर्दै कम जनशक्ति र लागतमा धान खेती गर्न सकिने ड्रमसिडर प्रविधिको प्रयोगमा जोड दिदै कृषि अनुसन्धान निर्देशनालय पनि राष्ट्रिय धान दिवस मनाएको हो ।

किसान मैत्री महिला मैत्री हुने हिले छरूवा धान खेति प्रविधि सहित ड्रम प्रविधिले धान रोपिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक केसव प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रममा इटहरी उपमाहानगरपालिका वडा नं. २ का अध्यक्ष माधव कोइराला र इटहरी २० का अध्यक्ष मणीराम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा विभिन्न जिल्लामा रोपाइँ गर्दै धान दिवस मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img