Thursday, July 17, 2025
कृषीमकवानपुरमा रोपाइँसँगै कृषकको उत्सव

मकवानपुरमा रोपाइँसँगै कृषकको उत्सव

spot_img

हेटौँडा | २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मकवानपुरमा परम्परा र समकालीन चेतनाको संगममा उल्लासपूर्वक मनाइएको छ। मकवानपुरगढी गाउँपालिका–५, सिमलटारस्थित खेतमा जनजागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा, रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जको समन्वय र बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी प्रमुख अतिथि थिए भने सहकारीका अध्यक्ष हिरामणी दाहालले सभाध्यक्षता गरेका थिए ।

- Advertisement -

प्रमुख अतिथि अधिकारीले देशको खाद्य सुरक्षामा धानको योगदान उल्लेखनीय रहेको बताउँदै कुल ग्राहस्थ उत्पादनमा धानको ४ प्रतिशत योगदान रहेको जानकारी दिए। देशभर करिब १४ लाख हेक्टरभन्दा बढी जमिनमा धानखेती हुने गरेको छ, जसको १० प्रतिशतभन्दा बढी बागमती प्रदेशमै पर्ने उनले बताए ।

धानको उत्पादनमा सरकारले विभिन्न प्रवर्द्धन कार्यक्रम अघि सारे पनि किसानको माग अनुसार पहुँच विस्तार हुन नसकेकोमा उनले दुःख व्यक्त गरे। “प्रदेश सरकार धान प्रवर्द्धनको दिशामा अग्रसर छ, तर संसाधन सीमित छन्,” अधिकारीले भने।

कार्यक्रममा रेडियो थाहा सञ्चारका प्रबन्धक अरुणराज सुमार्गीले परम्परागत कृषि प्रणालीको संरक्षण र वैकल्पिक मल प्रयोगको खाँचो औँल्याउँदै कृषिमा दीर्घकालीन सोच आवश्यक रहेको धारणा राखे। उनले रासायनिक मलको स्थानमा अर्गानिक विधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

वडाध्यक्ष दीपेश दाहालले असारमा रोपिएको धानले वर्षभरिको जीवन धानेको उल्लेख गर्दै धानको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।

अर्गानिक कृषि विज्ञ घमराज तिमल्सिनाले उत्पादन वृद्धिका लागि जैविक प्रणाली अनिवार्य रहेको उल्लेख गर्दै रासायनिक मलको निर्भरता घटाउन वैज्ञानिक ढंगले अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य यतिराज सापकोटा, मकवानपुर दुग्ध सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का यज्ञप्रसाद तिमल्सिना, विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधिहरू, किसान, कृषि उद्यमी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img