कृषीऔषधिय गुण भएको मरौटि/मरेठो/गोरसपान/गोरपानको बारेमा जानौ

औषधिय गुण भएको मरौटि/मरेठो/गोरसपान/गोरपानको बारेमा जानौ

मरौटि एक आयुर्वेद औषधि गुण भएको बनस्पति हो। गाउँ घरमा तत्काल पेट दुखेको बेलामा अन्य औषधि नहुदा प्रयोगमा आउछ। खाइसकेपछी आराम महसुस गराउछ। यसलाई गाउँघरतिर मरौटी भन्छन्।

गाउँ घरमा चिसो भएको बेला ,पेट दुखेको बेला,रुघाखोकी वा दाँत दुख्दा प्रयोग गरिन्छ। गाउँ घर तिर अचारमा हालेर खाने पनि चलन छ। बिदेशमा बारहरूमा कक्टेलसंग मिसाउन र जरा औषधिको रूपमा प्रयोग भएको पाईन्छ। पाचन प्रक्रियामा यसले ठूलो सहयोग गर्दछ।बाहिर खासै चर्चामा नआएपनि यस्को ब्यापार गरेर राम्रो आम्दानी गरिरहेका छ्न। खासै व्यावसायिक रुपमा खेती भएको पाइदैन।

विशेषता

– यो फल जस्तो देखिए पनि बास्तवमा यो हजारौ फूलहरूको समुह हो।
-बीउ राख्न यही फूल सुकाउदा हुन्छ।
-भूईमा झरेको फूलबाट यो हरेक बर्ष आफै उम्रन्छ।
– यसको पातको स्वाद पनि फूल जस्तै हुन्छ र पातको हरियो चट्नी बनाएर खान पनि सकिन्छ।
– धेरै फलेको छ भने टिपेर सितलोमा सुकाएर निकै लामो समयभन्डारण गर्न पनि सकिन्छ।

हजुरको तिर के भन्छन् यसलाई ? कसरी प्रयोग गर्नु हुन्छ लेख्नु होला । थप के रोग निर्वारण गर्छ जानकारी गराउनु होला।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img