कृषीकार्डसको अन्तरक्रिया कार्यक्रम चुलाचुलीमा

कार्डसको अन्तरक्रिया कार्यक्रम चुलाचुलीमा

चुलाचुली –  कन्सुलट एक्सन प्लान अफ रेस्पोन्सिवल डेभलपमेन्ट सोसाइटी प्रा.ली. कार्डसले कार्डस एग्रीकल्चर एण्ड इन्डस्ट्री सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

चुलाचुली गाउँपालिका वडा नं. ३ को कार्यालयमा भेला भएका ३ नम्बर वडाभित्र संचालन रहेको बंगुर व्यावसायिहरू संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा १५ ओटा सम्म बंगुर व्यवसायीहरू भेला भएका थिए । कम्पनीको तर्फबाट संस्थापक अध्यक्ष मिकी माउस लिम्बू र कम्पनी संचालक समितिका अध्यक्ष मोहन बहादुर कार्की सहित लेखा समिती सदस्य असारमान राई, शेयर सदस्य रामकुमार राई, प्रदिप राई सहितको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शेयर सदस्य अभिभावकको रूपमा समेत धर्मराज नेपालका बुवा गोविन्द कुमार नेपाल तथा सन्तोष लामिछानेकी श्रीमती सन्जु लामिछाने साथै कम्पनी गतिविधि अवलोकनको लागि समेत कृष्ण पराजुली समेतको उपस्थिति रहेको थियो ।

चुलाचुली वडा नं. ३ का बंगुर व्यवसायीहरूमाझ व्यावसायिक बंगुर पालकहरूको समूह बनाउने विषयमा केन्द्रीत रहेर भएको छलफलले कृषकहरूलाई हौसाएको छ । बंगुर पालकहरूलाई कार्डस् एग्रीकल्चर एण्ड इन्डस्ट्रीको तर्फबाट प्रदेश १ ईलामको फार्म प्रमुख अर्जुन गिरीले प्रतिनिधित्व गर्नुभएको समुहलाई कार्डस् एग्रो ग्रुप बनाउने सम्बन्धमा सबैको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img