Friday, December 6, 2024
अर्थ व्यापारलुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, कुन मन्त्रालयलाई कति?

लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट, कुन मन्त्रालयलाई कति?

काठमाडौं । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यता ५ दिनअघि मात्र अर्थमन्त्रालयको जिम्मा पाएका सुरेनद्रबहादुर पालले सुदूरपश्चिम प्रदेशमा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएका छन्। आर्थिक मामिलामन्त्री पालले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गरेका हुन।

चालुतर्फ कुल बजेटको ३५ प्रतिशत अर्थात् ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। यस्तै, पुजीँगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ।]

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img