अर्थ व्यापारशेयर बजारमा ऐतिहासिक रेकर्ड

शेयर बजारमा ऐतिहासिक रेकर्ड

काठमाडौं | शेयर बजारमा सोमबार पनि उछाल आएको छ। बजारले ऐतिहासिक रेकर्ड बनाएको छ।

कारोबार रकम र बजार पुँजीकरण दुवैमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ। यसदिन २७ अर्ब २४ करोड बढीको सेयर किनबेच भएको छ।

आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ। सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

लगानी र उतपादन तथा प्रशोधन समुह बाहेक सबै समूहमा बढोत्तरी भएको छ। बजार पुँजीकरण ४५ खर्ब ७१ अर्ब पुगेको छ। आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ।

१ अर्ब २२ करोडभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकमका आधारमा अगाडि छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img