धर्म/संस्कृतिशनिको साढेसाती र अढैया: २०८२ सालमा यी ५ राशिमा प्रभाव, कसरी बच्ने?

शनिको साढेसाती र अढैया: २०८२ सालमा यी ५ राशिमा प्रभाव, कसरी बच्ने?

जापान |  वि.सं. २०८२ सालमा शनिदेव वर्षभरि मीन राशिमा रहने भएकाले केही राशिका मानिसहरूलाई साढेसाती र अढैया शनिको असर पर्नेछ। शनि ग्रहलाई सामान्यतया ज्योतिषशास्त्रमा पाप ग्रह मानिन्छ, जसले जीवनमा ढिलासुस्ती, मानसिक अशान्ति, चोटपटक, अपव्यय र बाधा ल्याउने विश्वास छ। त्यसैले शनिको दशा परेको बेला मानिसहरू बढी सतर्क हुने गर्दछन्।

यस वर्ष कुम्भ, मीन, मेष, सिंह र धनु राशिमा शनिको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। कुम्भ राशिमा शनिको अन्तिम साढेसाती चल्नेछ भने मीन राशिमा मध्य साढेसाती हुनेछ। मेष राशिका मानिसहरूका लागि साढेसातीको प्रारम्भ हुनेछ। सिंह र धनु राशिमा भने अढैया शनि लाग्नेछ। यी दशाहरूले सम्बन्धित व्यक्तिहरूको काममा ढिलासुस्ती, खर्चको वृद्धी, अपमान, रोग, चोटपटकको भय, आरोप-प्रत्यारोप जस्ता समस्याहरू ल्याउन सक्छन्। तर सबैका लागि शनिको प्रभाव उस्तै हुँदैन।

यदि जन्मकुण्डलीमा शनि ग्रह उच्च राशिमा छ, वा स्वगृही अवस्थामा छ, अथवा शुभ स्थान (जस्तै ३, ६, ११ औं भाव) मा रहेको छ भने साढेसाती वा अढैयाको नकारात्मक असर अत्यधिक हुँदैन। यस्ता अवस्थामा शनिको प्रभाव सकारात्मक पनि हुन सक्छ। तर कुण्डलीमा शनि कमजोर वा अशुभ स्थानमा रहेको खण्डमा यसले गम्भीर असर पुर्‍याउन सक्छ।

ज्योतिष शास्त्र अनुसार, साढेसाती वा अढैया जस्तो शनिको प्रतिकूल दशाबाट बच्न वा असर न्यूनीकरण गर्न विभिन्न वैदिक र तान्त्रिक उपायहरू अपनाउन सकिन्छ। यस्ता उपायहरूमा शनिको मंत्र जप, शनिमुद्रिका धारण, शनिको रत्न नीलम लगाउने, शनिबार पीपलको रुखमा जल चढाउने, कालो वस्त्र वा लोहाजन्य वस्तुहरू दान गर्ने, र शनिको शान्तिका लागि विशेष पूजा गर्ने परम्परा रहेको छ। तर यस्ता उपायहरू अवश्य पनि कुशल र अनुभवी ज्योतिषीको सल्लाह अनुसार मात्र गर्नुपर्छ, अन्यथा उल्टो असर पर्न सक्छ।

यसैले साढेसाती वा अढैयाको प्रभाव आफूमा पर्छ कि पर्दैन भन्ने थाहा पाउनका लागि पहिले आफ्नो जन्म कुण्डली राम्रोसँग परीक्षण गराउनु आवश्यक हुन्छ। ज्योतिषशास्त्रमा विश्वास राख्नेहरूका लागि शनि दशा गम्भीर विषय भए पनि सही समयमै उपाय अपनाउन सकिएमा यसले ज्यानमा आत्मबल, अनुशासन र आध्यात्मिक उन्नतिको बाटो समेत देखाउन सक्छ।

२०८२ सालको बार्षिक राशिफल

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img