देशलुम्बिनी प्रदेशदाङमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द

दाङमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि २ दिन विद्यालय बन्द

दाङ । दाङको तुलसीपुर–११ स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थी गर्मीले बेहोस भएका छन् । कक्षा ८ मा पढ्ने ५ जना र कक्षा ९ मा पढ्ने एक जना विद्यार्थी बेहोस भएका हुन् ।

गर्मीका कारण उनीहरूमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले जानकारी दिए ।

अत्यधिक गर्मीले विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय पनि गरिएको छ । विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न थालेपछि घोराही उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते दुईदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

यसैगरी तुलसीपुर महानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img