Tuesday, September 10, 2024
निर्वाचनचितवन–२ को मतगणना, काँग्रेसको रुवाबासी
spot_img

चितवन–२ को मतगणना, काँग्रेसको रुवाबासी

चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ । रबि लामिछाने माथि परेको उजुरीको निर्णय नगर्दा सम्म मतगणना नै नगर्ने भन्दै काग्रेसले अडान निएको छ ।

यसलाई रास्वपाका समर्थकहरुले कांग्रेसको रुवाबासी सुरुभएको भन्दै मतगणना छिट्टै सुरु हुनुपर्ने माग गरेका छन् ।

बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ ।

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img