कृषीआज विश्व स्कुल दूध दिवस मनाईंदै

आज विश्व स्कुल दूध दिवस मनाईंदै

spot_img

मकवानपुर । आज (सेप्टेम्बर ३०) ‘विश्व स्कुल दूध दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बरको अन्तिम बुधबार यो दिवस मनाउने गरिन्छ।

​यस वर्ष “बलियो हड्डी, बलियो शरीर खेलकुद र विकासका लागि दूध अमूल्य आधार” भन्ने नारा तय गरिएको छ। दिवसका अवसरमा नेपाल डेरी एसोसिएसनले बालबालिकाको पोषण सुधार र किसानको दूध बजार विस्तारका लागि राष्ट्रिय विद्यालय दूध कार्यक्रम सञ्चालन गर्न माग गरेको छ।

​एसोसिएसनका अनुसार विद्यालय दूध कार्यक्रमले बालबालिकालाई स्वस्थ राख्न सहयोग पुर्‍याउनुका साथै किसानको उत्पादनले सहज बजार पाउनेछ। यसले स्थानीय दुग्ध उद्योगको प्रवर्द्धन, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक असर पुग्ने विश्वास लिइएको छ।

​संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) को आह्वानमा सन् २००० देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img