काठमाडाैँ। नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १३ हजार ३०० रुपैयाँले बढेको छ।
मूल्य वृद्धि भएसँगै बिहीबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार अहिलेसम्मकै ठूलो वृद्धि देखिएको हो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको भाउ तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य उच्च दरले बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली स्थानीय बजारमा परेको महासंघले जनाएको छ।


