Saturday, April 19, 2025
हेडलाईन१२ भाइले अब मलाई पासपोर्टमा फसाउँछन् - रवि लामिछाने
spot_img

१२ भाइले अब मलाई पासपोर्टमा फसाउँछन् – रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘मिडियाका १२ भाइले’ आफूलाई पासपोर्टमा फसाउन खोजिरहेको आरोप लगाएका छन्।

उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘पासपोर्टमा मलाई मजाले फसाउनुहोला। म लड्छु। आफ्नो मुद्दामा म आफै मजाले लड्छु।’ लामिछानेले आफूलाई पासपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए।

‘उनीहरुबीच मिटिङ भइसक्यो। मिलिसके। फौजदारी मुद्दामा फसाउन सकिन्छ भन्ने लागिसक्यो,’ ‘यति भनेपछि १२ भाइलाई पासपोर्टमा केन्द्रित हुन्छन्’, लामिछानेले भने।

लामिछानेले पत्रकार सम्मेलनको अधिकांश समय कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रकाशक धर्मराज भुषाल, अन्नपूर्णका प्रकाशक रामेश्वर थापा, सेतोपाटीको प्रधान सम्पादक अमित ढकाललगायतको आलोचना गरे।

उनले यी मिडिया हाउससँग जोडिएको भन्दै विभिन्न घटनाक्रमहरू पनि सार्वजनिक गरेका थिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img